लक्ष्मिनिया युवा को आयोजना तथा नेपाल रेड क्रस सोसाइटी क्षेत्रीय कार्यलय बिराटनगरको प्राविधिक सहयोगमा मिति २०७७ साल श्रावण ११ गते आइतबारको दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोरोना महामारी बिच रगतको धेरै नै अभाव भएको कारणले रक्तदान कार्यक्रम आयोजना गरिएको क्लब का अध्यक्ष नितेश कुमार साहले बताउनुभयो।
कार्यक्रममा प्रदेश सभा सदस्य जयराम यादव, जिल्ला प्रहरी कार्यलय DSP लोकदर्शन थापा,जहदा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे,जहदा वडा ३,४, ५ का वडा अध्यक्ष अनिल ठाकुर,जयनरथ गिरि,जगदिश सिंह,समाजिक युवा अभियान्ता पेरिस सुवेदी,चिरन्जीवी अचार्य, क्लब का सल्लाहकार बिनिता सिंहको उपस्तिथि रहेको थियो।
रक्तदान कार्यक्रम जहदा-५ स्थित दुर्गा मन्दिरको प्राङ्गणमा भएको थियो। कोरोना महामारीको बिच पनि क्लबले ३४ पिन्ट ब्लड संकलन गर्न सफल भयो।
लक्ष्मिनिया युवा क्लब बिगत देखि नै समाजिक कार्य गर्दै आएको छ। यो भन्दा पहिले अघिल्लो बर्ष पनि लायन्स क्लब सङ सहकार्य गरेर ५२ पिन्ट ब्लड संकलन गरेको थियो।
केही दिन अगाडि समेत क्लबले लागुऔषध दुर्व्यसनी,महिला हिंसा तथा बाल अधिकार सम्बन्धि सचेतना कार्यक्रम आयोजना गरिसकेको र अझ अगामी दिनमा पनि समाजिक कार्य गर्ने क्लबका अध्यक्ष नितेस साहले जानकारी दिए।